Aamsanchar

कैलाश खोला बाढी कहर : ९ जना अझै भेटिएनन्

Author Image
शनिवार, भदौ २०, २०७७

डोटी । अछामको रामारोशन गाउँपालिका–५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीले वगाएकामध्ये नौ जना अझै फेला परेका छैनन् ।

भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजार वगाएको थियो । बाढीले १७ जनालाई बगाएको थियो । उनीहरुमध्ये नौ जना अझै फेला नपरेका जिल्लाप्रहरी कार्यालय अछाममा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

रामारोशन–५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता छन् । ४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् ।

बेपत्ताहरुमा नन्दु र गंगा श्रीमान्–श्रीमती हुन् भने प्राप्ती उनीहरुकी नातिनी हुन् । संगै वगेका नन्दुका छोरा २७ बर्षीय रमेश साउँद, बुहारी बविता बुढा साउँद र अर्का छोरा १२ बर्षीय नविन साउँदको ६ गते शव फेला परेको थियो । नन्दुकी सासुआमा रामारोशनगाउँपालिका(६ भाटियाखोला बस्ने बीमादेवी साउँद पनि बेपत्ताकै सूची छन् । उनी छोरी ज्वाई भेट्न आएो बेला बाढीमा परेकी थिइन् ।

बाढीमा बगेका ४५ बर्षीय अम्मर शाह , २९ बर्षीया सम्झना शाह, ३२ बर्षीया गौरी शाह, ४८ बर्षीय चन्द्र साउद र ४५ बर्षीया लालसरा शाहीको शव ६ र ७ गते फेला परेको थियो ।

बेपत्ताहरुको खोजी जारी रहेको रामारोशन गाउँपालिका(५ का वडाध्यक्ष लक्ष्मण दमाईले जानकारी दिए । ‘हामी पनि खोजी गरिरहेका छौं, प्रहरी प्रशासनले पनि खोजतलास जारी राखेको छ’ वडाध्यक्ष दमाईले भने, ‘तर भेटिने सम्भावना न्यून छ ।’

खोलाले ठुल्ठुला ढुङ्गा समेत वगाएर ल्याएको र ढुङ्गाभित्र च्यापिएको आशंका उनको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर