Aamsanchar

पछिल्लो केही दिन देखि २४ घण्टामा कम्तिमा एक हजार संक्रमित हुने मुलुकको सूचीमा नेपाल ११औँ स्थानमा

Author Image
शनिवार, भदौ २०, २०७७

काठमाडौं।  विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ ।

पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमण फैलिएका विश्वका २१५ मुलुकमध्ये नेपाल ५५औँ स्थानमा छ भने एसियामा २०औँ स्थानमा पर्दछ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कम्तिमा एक हजार संक्रमित फेला परेका अन्य मुलुकहरूमा बंगलादेश, रोमानिया, फिलिपिन्स, युक्रेन, इन्डोनेसिया, इरान, मेक्सिको रसिया, अमेरिका र भारत छन् ।

यो समाचार तयार पार्दासम्म रोमानियामा १२६९, फिलिपिन्समा २५२९, युक्रेनमा २८३६, इन्डोनेसियामा ३१२८, बंगलादेशमा १९५०, इरानमा १८९४, मेक्सिकोमा ६१९६, रसिया ५२२५, भारत १४१०० र अमेरिका १११९ जनामा संक्रमण भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर