Aamsanchar

कोरोना संक्रमित कनकाईकी एक महिलाको मृत्यु

Author Image
आइतवार, भदौ २१, २०७७

झापा । झापाको कनकाई नगरपालिका—३, सुरुङ्गाकी एक महिलाको कोरोना संक्रमणको मृत्यु भएको छ । ४५ वर्षीया ति महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारमा रहेकी महिलाको आइतबार बिहान १०ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको बताइएको छ ।

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर