Aamsanchar

विवाह गरेर गएकी एक युवतीले ६ महिनामा छोरी जन्माएपछी दुई शिक्षक र एक स्थानियले बलत्कार गरेको आरोप

Author Image
मङ्गलवार, भदौ २३, २०७७

बैतडीका दुई शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।

सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। आफूलाई पढाउँदै आएका दुई शिक्षकले बलात्कार गरेपछि पीडित किशोरी अर्कैसँग भागेर बिहे गरेकी थिइन्। बिहेको छ महिनामै उनले छोरी जन्माएपछि उनलाई शिक्षकले नै बलात्कार गरेको सार्वजनिक भएको हो।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया किशोरीलाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको छ।

केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत छन्। बिहे अघि तीनै जनाले पटकपटक बलात्कार गरेपछि किशोरी भागेर बिहे गर्न बाध्य बनेको छात्राका आफन्तले आरोप लगाएका छन्।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई परिवारका सदस्यले सोधपुछ गर्दा आफूलाई बिहे अघि नै तीन जनाले बलात्कार गरेको जानकारी गराएकी छन्। किशोरीका आफन्तले भने, ‘घटना पहिलेकै हो। गाउँमै मिलाउने भन्दै धेरै प्रयास भयो। अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन्।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थप तथ्य बाहिर आउने बताए।

‘घटना सार्वजनिक भएपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ,’ उनले भने, किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुन्छ।’

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई ललाइफकाई वा मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ।

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर