Aamsanchar

प्रदेश १ का डिआइजी कार्कीलाई कारोना संक्रमण पुष्टि

Author Image
मङ्गलवार, भदौ २३, २०७७

मोरङ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीलाई कारोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गराएको परीक्षण रिपोट अनुसार मंगलबार डिआइजी कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डिआइजी कार्कीसहितको परिवारले स्वाब परीक्षण गराएका थिए । अन्यको रिपोट नेगेटिभ आएको छ ।

मंगलबार विराटनगरमा डिआइजी कार्कीसहित १७ जनालाई कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यसअघि प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण विराटनगर र प्रदेश प्रहरी तालिम केन्द्रमा गरि करिब २ सय जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित प्रहरीलाई प्रदेश प्रहरीले बनाएको आइसोलेनमा राखिएको छ । विराटनगर महानगरपालिकामा आज १७ जनालाई संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर