Aamsanchar

निर्देशक छेतेन गुरुङको निधन

Author Image
बिहिवार, भदौ २५, २०७७

काठमाडौं । ‘प्रेमगीत–३’ का लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनको ४२ वर्षको उमेरमा बुधबार राति निधन भएको हो।

‘प्रेमगीत–३’का कार्यकारी निर्माता चक्रबहादुर चन्दका अनुसार उपचारका क्रममा महाराजगन्जस्थित मेट्रो हस्पिटलमा गुरुङको निधन भएको हो। उनी सोमबार अस्पताल भर्ना गरिएका थिए। मिर्गौलासँगै उनको कलेजोले पनि काम गर्न छोडेको थियो।

गुरुङले निर्माता सन्तोष सेनसँग संयुक्त रूपमा फिल्म ‘प्रेमगीत–३’ निर्देशन गरेका हुन्। यो फिल्म रिलिज हुन बाँकी छ। ‘नोभेम्बर रेन बाट लेखकका रूपमा नेपाली सिनेमामा पाइला टेकेका छेतेनले खगेन्द्र लामिछाने अभिनीत तथा निर्मित ‘डमरुको डन्डिबियो’बाट निर्देशनमा डेब्यु गरेका थिए। यसका साथै ‘क्लासिक’, ‘डायरी’लगायत फिल्मको लेखन पनि गुरुङले गरेका थिए। गुरुङका आमा र एक छोरी छन्। श्रीमतीको भने केही वर्षअघि नै निधन भइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर