Aamsanchar

तेजाब प्रहार कसूरसम्बन्धी कडा ऐन ल्याइने : प्रधानमन्त्री

Author Image
बिहिवार, भदौ २५, २०७७

काठमाडौँ । पछिल्ला केहीबर्ष यता तेजाव आक्रमणका घटनाहरु बढी रहेको छ । बिशेषगरि धेरै महिलाहरु यस्को सिकार बन्न पुगेका छन् । तेजाव अक्रमणमा संलग्नलाई भने कसुर असुसार सजाय कमी भएको भन्दा कडा भन्दा कडा सजायको भागिदारको बनाउन सरकार संग माग भईरहेको अवस्थामा  प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष कार्यक्रममा उनले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए ।

देशभरि तेजाब आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गरे । पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणासमेत गरे । प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई तेजाब आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।

“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ”, उनले भने ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर