Aamsanchar

नेपाली दूतावासको समन्वयमा कतारबाट १४२ जना स्वदेश फर्किए

Author Image
बिहिवार, भदौ २५, २०७७

दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ३६औ उडानबाट १४२ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १२ महिलासहित १४२ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए । दूवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसी आर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। दूतावासका अनुसार हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर