Aamsanchar

कोरोनासँग मिल्दो लक्षण भएका ३ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

Author Image
शुक्रवार, भदौ २६, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष छन् । एक जना जनरल आईसीयूमा र दुई जनाको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार शुक्रबार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीय किशोरी रहेकी छिन् । उनी आकस्मिक कक्षमा उपचाररत थिइन् । यस्तै रत्ननगर नगरपालिकाका ४० वर्षीय पुरुषको बिहीबार राति आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । बिहीबार दिउँसो आईसीयू कक्षमै खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको पनि उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए । ती युवती तीन दिनदेखि आईसीयू कक्षमा उपचाररत थिइन् ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर