Aamsanchar

चार केजी गाँजा सहित दमकबाट अर्पण पक्राउ

Author Image
शनिवार, भदौ २७, २०७७

गाँजा सहित ओरोपित अर्पण राई । फोटो: इलाका प्रहरी कार्यालय दमक

दमक । झापाको दमकबाट प्रतिवन्धित लागु औषध गाजा कारोबारमा सम्लग्न भएको आरोपमा एकजनालाई प्रहरी पक्राउ गरेको छ ।

इलाम माङ्सेबुङ गाउँपालिका वडा नं. ६ घर भई . झापा दमक नगरपालिका वडा नं. १ मामा चोक मा डेरागरी बस्ने अर्पण राईलाई शनिबार दमक प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

राईले लुकाई छिपाई राखी बेच बिखन गर्दै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. दमकबाट खटिएको प्रहरी टोलीले राईको कोठामा खानतलासी गर्दा काठको पलङमा झोलामा लुकाई राखेको ४ केजी २५ ग्राम गाजाँ बरामत गरिएकोे प्रहरीले बताएको छ ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय दकममा राखी थपअनुसन्धान कार्य भईरहेको प्रवक्ता थापाले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर