Aamsanchar

लाखौं मूल्य बरावरको सुनचाँदी लिएर चन्दा ज्वेलर्सका संचालक फरार

Author Image
मङ्गलवार, भदौ ३०, २०७७

मोरङ । सहरदेखि गाउँका चोक गल्लीमा सुनको कारोवार गर्ने पसलहरु जता त्यतै देख्न सकिन्छ, कतिपय सुन दोकान स्थानियमा मात्र हैन देशमै राम्रो व्यसायिक संस्थाको रुपमा स्थापित बनेका छन् ,  कतिपए सुन व्यवसायीले वेमानी गरेको खबरहरु आईरहेकै पाईन्छ ।  त्यस्तै मोरङको  एक सुनदोकानका संचालक फरार भएको समाचार प्राप्त भएको छ । सर्वसाधरणले धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढीगंगा गाउँपालिका – १ टंकीसिनवारीस्थित ‘चन्दा ज्वेलर्स’ का संचालक फरार भएका छन् ।

ज्वेलर्सका संचालकद्वय चन्दन स्वर्णकार र संगीता स्वर्णकार फरार भएका हुन् । फरार भएका उनीहरू श्रीमान श्रीमती हुन् । उनीहरूले बुढीगंगा गाउँपालिका भित्रका सयौंको संख्यामा धितो राखेको लाखौंको सुनचाँदी लिएर फरार भएको पीडितहरूले बताएका छन् । पीडितहरूले मोरङ प्रहरीमा आइतबार किटानी जाहेरी पनि दर्ता गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले धितोमा राखेर सुन लिएर फरार भएको किटानी जाहेरी परेपछि अनुसन्धान सुरू गरेको जानकारी दिए ।

सुन पसलमा धितो राखेको लाखौं मूल्य बरावरको सुनचाँदी लिएर स्वर्णकार दम्पती एक हप्ता अगाडी पसल बन्द गरि सम्पर्क विहिन भएको स्थानिय सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार बुढीगंगा गाउँपालिका र विराटनगर करिब एक सय जनाको धितोमा राखेको सुन र पैसा दिएर बनाउन दिएको सुन लिएर संचालक फरार भएका हुन्।

फरार भएका संचालक खोजी गरि कारवाहीको दायरामा ल्याउन पीडितहरूको माग छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर