Aamsanchar

एका विहानै ६ म्याग्निच्यूडको भूकम्प, विज्ञ भन्छन पहिरोको जोखिम बढयो

Author Image
बुधवार, भदौ ३१, २०७७

काठमाडौँ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे क्षेत्र केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद लोकविजय अधिकारले जानकारी दिएका छन्।

भूकम्प र पहिरोको जोखिमबारे स्पष्ट पार्दै भूकम्पविद अधिकारीले भने, ‘सामान्य अवस्थामा ६ म्याग्निच्यूडको भूकम्पले ठूलो पहिरोको जोखिम त्यति हुँदैन । तर अहिलेको अवस्था भिन्न छ । सिन्धुपाल्चोक पहिरोको जोखिममा रहेको र लगातार पहिरो गइरहेको क्षेत्र हो । त्यसपछि बर्खाको समय भएकाले यहि बेला ६ म्याग्निच्यूडको भूकम्प जाँदा जोखिम बढेको छ।’

पहिरोका गतिविधि सक्रिय रहेको तथा जोखिमयुक्त क्षेत्रका बासिन्दाले बुधबार बिहानको भूकम्पपछि थप सतर्कता अपनाउनु पर्ने भएको उनले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर