Aamsanchar

प्रहरीले कुटपिट गर्दा कुलमानको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते

Author Image
शुक्रवार, असोज २, २०७७

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते भएका छन् ।

अनामनगरका मनिष श्रेष्ठ माइतीघरमा प्रहरीले कुटपिट गर्दा घाइते भएका हुन् । प्रदर्शनमा सहभागी बद्रिप्रसाद ढुंगानाले बताएअनुसार प्रहरीको कुटाइबाट घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएको दाबी गरेका छन् । शुक्रबार नै बानेश्वरमा पनि प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको प्रहरीले संविधान दिवसको सन्दर्भमा  प्रतिक्रिया दिइरहेका सर्वसाधारणलाई लाठी हानेको थियो ।

यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा १०० समूहका युवा अभियन्ता बब्लु गुप्तालाई कुटपिट गरेको थियो । श्रोत :अनलाइन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर