Aamsanchar

बली दिन बालिकालाई लगिएको हुन सक्ने आशंकामा तीन जना पक्राउ

Author Image
मङ्गलवार, असोज ६, २०७७

विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन् । उनीहरुले सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजेको प्रहरीले जनाएको छ । सोमबार साँझ ७ बजेतिर किशोरीलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

घटनाका मुख्य योजनाकार सुमित रहेको र प्रदीप उनका सहयोगीको भूमिका देखिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पु¥याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।

झुम्का बसाईकै क्रममा चिनजान भएकी किशोरीलाई सुमितले सिकाएर अनुसार ललाईफकाई मनिकाले विराटनगर ल्याएको खुलेको छ । फेसबुकको चिनजानका आधारमा सुमितले किशोरीलाई विराटनगर ल्याउन मनिकालाई प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । एउटा पूजामा लैजाने र पूजामा गए वापत पाँच हजार रुपैयाँ दक्षिणा पनि पाइनेभन्दै मनिकाले आइतबार बिहान ७ बजेतिर किशोरीलाई फकाएर विराटनगर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

किशोरीलाई भारत पु¥याउन खोज्दा पक्राउ परेका सुमितकुमार र प्रदीपकुमार मण्डल तथा मनिका ढकाल ।
विराटनगर ल्याएपछि उनीहरुले जोगवनी हुँदै गाडीमा राखेर फारवेशगञ्ज लैजान खोजेको देखिएको छ । त्यस क्रममा त्रसित बनेकी किशोरी गाडीबाट हामफालेर भागेको पाइएको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताए । उनका अनुसार संस्थाले उद्धार गरेपछि किशोरीले मनिकाले नचिनेका दुई व्यक्तिसँग आफूलाई भारत पु¥याएको र भागेर नेपाल आउन सफल भएको बताएकी छन् । प्रहरीका अनुसार सुमितका भिनाजु रन्द्धीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पु¥याउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘नेपालबाट फारवेशगञ्ज पु¥याएपछि भिनाजु र उनका भाईको जिम्मा लगाउने तयारी रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर बीचैमा सम्पर्क टुट्दा नेपाली किशोरीलाई उनीहरुको जिम्मा लगाउन असफल भएको देखिन्छ ।’किशोरी फुत्किएपछि उनीहरु पनि विराटनगरतर्फ आएका थिए ।

श्रेष्ठले सीमा क्षेत्रमा शंकास्पद गतिविधी गरेको देखेपछि सोधीखोजी गर्न थालिएको र त्यस क्रममा किशोरीलाई भारत पु¥याएको खुलेको बताए । ‘विराटनगरमा एक रात होटलमा राखेर भोलिपल्ट पुनः लगेर जिम्मा लगाउने योजना रहेछ,’ उनले भने, ‘भारत पुगेर फर्किदै गर्दा इश्लामपुरबाट प्रहरीको सहयोग लिएर किशोरीको उद्धार गर्दै उनलाई लिएर जाने तीन जनालाई नियन्त्रणमा लिन सकिएको हो ।’ उनले दिउँसो १२ बजेपछि उनीहरु किशोरीलाई लिएर भारततर्फ छिरेको हुन सक्ने बताए । सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार किशोरी लगिदिए वापत १२ लाख रुपैयाँ भिनाजु र उनका भाईले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो ।

त्यही सर्तका आधारमा सुमितले मनिकालाई प्रयोग गरेर किशोरीलाई भारत पु¥याउँदै भिनाजु र उनका भाईको जिम्मा लगाउने तयारी गरेको पाइएको छ । किशोरी उपलब्ध गराएवापत सुमितले तीन÷चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले बताएकी छन् । किशोरीले बाटोमा लैजाने क्रममा फित्ता लगाएर आफ्नो उचाई पनि नाप्ने काम भएको बताइकी छन् । ‘पूजामा बस्न ५।२ फिट उचाई भएकी केटी चाहिन्छभन्दै उचाई नापेका थिए,’ उनले भनिन्, ‘रजस्वला भए÷नभएको बारेमा पनि सोधिखोजी गरे ।’ विवाह गरेर र महिनावारी भएका बेला पूजामा बस्न नहुनेभन्दै उनीहरुले रजस्वलाका बारेमा आफूसँग सोधिखोजी गरेको किशोरीले प्रहरीलाई बताएकी छन् ।

उनले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्नेभन्दै सिकाएको पनि बताएकी छन् । १२ लाख रुपैयाँमा ‘डिल’ भएको घटना सार्वजनिक भएपछि प्रहरीले बली दिन बालिकालाई लगिएको हुन सक्ने आशंका गरेको छ । ‘१२ लाखमध्ये मनिकालाई तीन÷चार लाख जति दिएर अरु पैसा सुमित र प्रदीपले राख्ने योजना रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर योजना सफल नहुँदा किशोरीलाई उद्धार गर्दै उनलाई भारत लैजान खोज्नेहरुलाई पक्राउ गर्न सकियो ।’ प्रहरीका एक अधिकारीले यति धेरै रकमको ‘डिल’ भएको घटनाको प्रकृति हेर्दा र यसमा संलग्नहरुले दिएको जानकारीको अध्ययन गर्दा किशोरीलाई बली दिन भारत लगिएको हुन सक्ने बताए ।

एसपी खड्काले घटनामा संलग्नहरुको अरु ‘कनेक्सन’का खोतल्न थालिएको बताए । ‘घटनाको प्रकृति हेर्दा यसमा अरुको पनि संलग्नता हुन सक्छ,’ उनले भने, ‘उनीहरुको थप ‘कनेक्सन’ खोतल्दै घटनामा ककसको संलग्नता छ भन्ने बारेमा अध्ययन थालिएको छ ।’ एसपी खड्काले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । पूर्वेली न्युजबाट साभार

किशोरीलाई भारत लैजान खोज्ने तीन पक्राउ, बली दिन लैजान खोजिएको हुन सक्ने आशंका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर