Aamsanchar

तिनाउ र नारायणीमा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागको सचना

Author Image
बिहिवार, असोज ८, २०७७

काठमाडौं । अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६।२० बजे ५।५९ मिटर मापन गरेको छ। त्यहाँ ५।६ मिटर पुग्नुलाई खतरा तह मानिन्छ। तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचो स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर