चितवनः
स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अस्तव्यस्तताप्रति आक्रोश व्यक्त गरेका छन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
बिहीबार स्वास्थ्यमन्त्री थापाले अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली खटाइएको बताएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
बिहीबार अस्पतालको निरीक्षणपछि थापाले अस्पतालमा व्यवस्थापकीय कमजोरी, आर्थिक अनियमितता र स्रोत, साधनको उचित सदुपयोग हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/birta.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham-ezgif.com-video-to-gif-converter-1.gif)
कार्यक्रममा उनले एसियाकै नमुना अस्पताल अस्तव्यस्त भएको भन्दै चिन्तासमेत व्यक्त गरे । मन्त्रालयले देशका अन्य अस्पतालमा पनि टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उनले टोलीको प्रतिवेदन आएलगत्तै मन्त्रालयले निर्णय लिने बताए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुँदा गुणस्तरीय सेवा प्रदान हुन नसकेको भन्दै मन्त्री थापाले समयमा नै आफ्नो कार्यशैली सुधार गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिए ।