Aamsanchar

गौरादह हत्या काण्ड : पोष्टमार्टम रिपोर्टको आधारले श्रीमान् अनुसन्धानको घेरामा

Author Image
शुक्रवार, असोज १६, २०७७

घटना बारे अनुसन्धान गर्दै प्रहरी ।

झापा । गौरादहमा ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको हत्याको आरोपमा प्रहरीले उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको छ ।

विहीवार बेलुका पक्राउ गरिएका भीम भण्डारीलाई शुक्रवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

हत्या भएको अबस्थाको मनमायाको शव:  तस्वीर/जिल्ला प्रहरी कार्यालय, झापा

मनमायाको असोज १२ गते दिउँसो साढे ४ बजेतिर गौरादह–१ स्थित आफ्नै घरमा विभत्स हत्या भएको थियो । दुबै हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा मनमायाको शब फेला परेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्ट, घटनाको प्रकृति, परिस्थिति, छरछिमेकी लगायतको विश्लेषणको आधारमा मृतक मनमाया भण्डारी र उनका पति ६४ वर्षीय भीम भण्डारी सँगै रहेको अवस्थामा घटना भएको प्रवक्ता थापाले अनुसन्धानबाट खुलेको जनाएको छ ।

मृतक मनमायाका श्रीमान् भिम बहादुर भण्डारी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर