Aamsanchar

तिहारपछि भारतीय राष्ट्रपति आउने

Author Image
शुक्रवार, असोज ७, २०७३

पोखरा। 

Pranab-Mukherjee-the-President-of-India

नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताउनुभएको छ ।
भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका विद्यालय भवनको  शिलान्यास र उद्धाटन कार्यक्रमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको समेत बताउनुभयो ।  उहाँले नेपाल र भारतबीच युगौँदेखि ऐतिहासिक सम्बन्ध रहेको बताउँदै शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको उल्लेख गर्नुभयो ।
राजदूत रायले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको र आगामी दिन ७५ जिल्ला पाँच सयभन्दा बढी योजना स्वास्थ्य र शिक्षामा क्षेत्रमा लगानी गर्ने बताउनुभयो ।
उहाँले पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको शिलान्यास  गर्नुभयो ।  भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपियाँमा बन्ने जिल्ला विकास समिति कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर