Aamsanchar

केही समयलाई प्रधानमन्त्री ओलीद्वारा सबै भेटघाट बन्द

Author Image
आइतवार, असोज १८, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन् । बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका बालुवाटार स्रोतले जनाएको छ ।

शनिबार प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, पररष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, बालुवाटारमा कार्यरत २८ नेपाली सेना, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरि ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । त्यस्तै, अझै ४५ जनाको पीसीआर रिपोर्ट आउनै बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर