Aamsanchar

इलामबाट कुख्यात साइबर अपराधी पक्राउ

Author Image
आइतवार, असोज १८, २०७७

काठमाडौँ । साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाय रहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए । रोकाय भारतबाट नेपाल आउन लागेको सूचना प्रहरीले थाहाँ पाएको थियो ।

‘सोही सूचनाको आधारमा काठमाडौँ प्रहरी आफैले रोकायलाई पक्राउ गरेको हो’ एसपी राठौरले भने । रोकायले आइटी इन्जिनियरिङमा डिग्री गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको एसपी राठौरले बताए ।

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगी सम्बन्धी ५ वटा मुद्दा काठमाडौँ परिसरमा दर्ता भएको एसपी राठौरले बताए । एसपी राठौरका अनुसार रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा भइसकेका छन् ।

सर्वसाधारण भन्दा पनि रोकायको निशाना नर्सहरुमा थियो । नर्सहरुले जति पनि पैसा खर्च गर्नसक्ने भएकाले नर्सहरुलाई निशाना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रोकायाविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो र महानगरीय अपराध महाशाखामा समेत साइबर अपराध तथा ठगी सम्बन्धी जाहेरी परेको बताइएको छ । रोकायलाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली नै परिचालित थियो । श्रोत : रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर