Aamsanchar

मोरङमा महिला मृत फेला

Author Image
बुधवार, असोज २१, २०७७

मोरङ– उर्लाबारी नगरपालिका–९ की एक महिला घर नजिकैको चौतारामा बुधबार बिहान मृत फेला परेकी छन्। नगेन्द्र खरेलकी श्रीमती ४५ वर्षीया सीता खरेललाई स्थानीय बासिन्दाले नागीटोलको चौतारोमा मृत फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले घटनाका बारेमा बिहान ६ बजेतिर थाहा पाएको थियो। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सीता बेलुका श्रीमानसँगै गाउँ गएको पाइएको छ। दुवै जनाले मादक पदार्थ सेवन ९मापसे० गरेपछि श्रीमान अर्को गाउँतिर गएको र श्रीमती भने घर फर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। तर घरै नपुगेकी सीता भने बुधबार बिहान चौताराको फलैँचामा मृत भेटिएकी हुन्।

प्रहरीले श्रीमान श्रीमती दुवै जना मापसे गरेर हिँड्ने गरेको तथा अत्याधिक सेवनका कारण घर पुग्न नसक्दा चौतारामा सुतेकै फलैँचामा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। घर पुगेर खोजी गर्दा आफूले श्रीमतीलाई नभेटेको नगेन्द्रले प्रहरीलाई बताएका छन्। मोरङ प्रहरी प्रमुख एसपी खड्काले शवलाई पोस्टमार्टमका लागि झापाको दमकस्थित आम्दा अस्पतालमा लगेर घटनाका बारेमा थप अनुसन्धान थालिएको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 917

प्रतिक्रिया (०)

सम्बन्धित खबर