Aamsanchar

सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्दा झापाका लिम्बुको मृत्यु

Author Image
बुधवार, असोज २१, २०७७

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बु रहेका छन् ।

मर्मत गर्ने क्रममा बा.२ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि बीएण्डबी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर