Aamsanchar

असोजभित्र प्रतिवेदन बुझाउनेः आयोग

Author Image
शुक्रवार, असोज ७, २०७३

काठमाडौँ।

prades

स्थानीय तह पुनःसंरचना आयोगले दसैँ बिदामा पनि काम गरी असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा आयोगका अध्यक्ष बालानन्द पौडेलले धेरै जिल्लाको काम अन्तिमचरणमा पुगेकाले बाँकी काम सकेर असोज मसान्तमै प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी गराउनुभयो ।

“हालसम्म ४८ जिल्लाको प्रतिवेदन आयोगमा प्राप्त भएको छ, ४० जिल्लाको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ, आठ जिल्लाको प्रतिवेदनमा केही कुरा नमिलेकाले मिलाएर पठाउन जिल्ला प्राविधिक समितिमा फिर्ता गरिएको छ, २७ जिल्लाबाट अझै प्रतिवेदन आएको छैन”–उहाँले भन्नुभयो ।

प्रतिवेदन नपठाएका २७ जिल्लालाई कामसकेर आयोगमा छिटो प्रतिवेदन पठाउने वातावरण बनाउन सरकार र राजनीतिक दललाई अनुरोध गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । ती जिल्लाको प्रतिवेदन नआए आयोग आफैँले स्थानीय तहको पुनःसंरचना गर्ने उहाँको भनाइ थियो ।

संविधानको भावना अनुसार आयोगले अनुमानित ५६५ को हाराहारीमा स्थानीय तहको पुनःसंरचना गर्ने आधार तयार गरेको पनि अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर