Aamsanchar

उदयपुरमा कन्टेनर दुर्घटना हुँदा दुई जनाको मृत्यु , दुई गम्भीर घाइते

Author Image
बिहिवार, असोज २२, २०७७

उदयपुर — सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको खाली कन्टेनर कटारी नगरपालिका– ८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी – ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराह क्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राति नै विराटनगर पठाइएको डीएसपी क्षेत्रीले बताए। उनीहरुको टाउको गम्भीर चोट लागेको रिफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार गजमेरले बताए। प्रहरीका अनुसार गाडी सडकबाट पाँच मिटर तल खसेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर