Aamsanchar

जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

Author Image
बिहिवार, असोज २२, २०७७

जाजरकोट – जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हराइरहेका जुनीचाँदे ११ का १८ वर्षका लालबहादुर बुढाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । हिजो जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका १ औल खोलामा भीरबाट खस्दा जुनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही ,स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै छेडागाड नगरपालिका वडा नम्बर ५ का कर्णबहादुर शाही, जुनीचाँदे ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिनु भयो । जीप चालक गोरख बस्नेत फरार भएकाले स्थानीयले घटनालाई शंकास्पद भएको भन्दै कार्यवाहक अध्यक्ष र प्रमुख जिल्ला अधिकारी नआएसम्म शव उठाउन नदिने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर