Aamsanchar

सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. केसी पक्षको असन्तुष्टि ,वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

Author Image
शुक्रवार, असोज २३, २०७७

 

काठमाडौं । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा। केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा. केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।

२९ भदौदेखि अनसन बसेका डा। केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि भएको चिकित्सकहरुले बताएका छन् । निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ । डा। केसीको छातीको सिटीस्क्यान गनुपर्ने मेडिकल टिमका इन्चार्ज डा। सुवास आचार्यले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर