Aamsanchar

रोकिराखेको टिप्परमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको ज्यान गयो

Author Image
आइतवार, असोज २५, २०७७


भक्तपुर : भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका चालक भक्तपुर नगरपालिका( ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर