Aamsanchar

जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

Author Image
आइतवार, असोज २५, २०७७

काठमाण्डौ – सरकारले जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने बताएको छ । उद्योग,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जारको पानीको मूल्य नबढेकाले पुरानैमुल्यमा बिकृगर्न उद्योगी र ब्यवसायीलाई निर्देशन दिएको बताउनुभयो । केही दिनयता काठमाण्डौ उपत्यकामा प्रति जारको पानीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढी लिने गरिएको छ । उद्योगी र व्यवसायीले भने सरकारले नै जारको पानीको मूल्य बढाएको भन्दै अहिले उपभोक्ताबाट बढी मूल्य लिइरहेका छन् । तर सरकारले अहिलेसम्म जारको पानीको मूल्य नबढाएको महानिर्देशक सुवेदीले बताउनुभयो । अनुगमन र कारबाही नहुँदा व्यवसायीले निर्देशनको अटेरी गर्दै बढी मूल्यमा जारको पानी बेचिरहेका छन् । विभागले सबै ठाउँमा अनुगमनमा पुग्न नसक्ने हुँदा बढी मूल्यमा बिक्री गर्नेविरुद्ध उजुरी गर्न आग्रह गरेको छ ।

ठगी भएको पाइए ११३७ नम्बरमा फोन गरेर उजुरी दिए ठगी गर्नेलाई कारबाही हुने उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । यस्तै उहाँले चाडपर्व नजिकिएसँगै बजारमा म्याद गुज्रेका वस्तु बिक्रीका लागि राख्ने गरेको पाइएको भन्दै उपभोक्तालाई सचेत हुन आग्रह गर्नुभयो । बजार अनुगमनका क्रममा केही व्यापारीले मेसिन नै राखेर रि–लेबलिङ गर्न थालेको पाइएकाले उपभोक्ता आफै पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ । उपभोक्ता भने सरकारले नै अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा ठगी बढेको गुनासो गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर