Aamsanchar

ब्राउन सुगर सहित मेचीनगरका दुई व्यक्ती पक्राउ

Author Image
आइतवार, असोज २५, २०७७

झापा । प्रतिवन्धित लागु औषध सहित झापामा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापा मेचीनगर नगरपालिका ७ का सुवाश दर्जी र मेचीनगरकै वडा नं. ८ का सञ्जिव राजवंशी पक्राउ परेका हुन् । उनिहरुलाई सुराकीको आधारमा आईतबार धुलाबारी स्थित एक पेट्रोल पंक नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेडक्वाटर झापाबाट खटिएको टोली, नेपाल प्रहरी साथै राष्ट्रिय अनुसन्धान बिभागको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा  पक्राउपरेका दर्जी र राजवंशीको साथमा १ सय ७५ ग्राम लिसो पदार्थ (ब्राउन सुगर) बरामत भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवैजनालाई हाल थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर