झापा । प्रतिवन्धित लागु औषध ओसारपसारको कसुरमा झापा गाउँपालिका बाट दुईजना पक्राउ परेका छन् । गत १७ गते झापा गाउँपालिकाको सदरमुकाम कामाटोली बाट झापा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २६ को दिनेश ठाकुर र बर्ष १९ का अमर राजवंशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका हरुको साथबाट २८.८६ ग्राम ब्राउन सुगर बरामत भएको जिल्ला जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
सशस्त्र प्रहरी बिओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको नेतृत्वको ७ जना र झापा जिल्ला २ नंं गण हेडक्वाटरबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेशकुमार कुँवर सहितको ५ जनाको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा लागु औषध बोकेर पैदल हिड्दै गरेका अवस्थामा ठाकुर र राजवंशीलाई पक्राउ गरेको
थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 334