काठमाडौं । प्राथमिक बजारमा शेयर खरिद गर्न चाहने आवेदकको संख्या आकाशिँदै गएको छ । बजारमा सूचीकृत हुने प्रत्येक साधारण निष्कासन ९आईपीओरएफपीओ० मा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गर्न थालेको हो । नयाँ निर्जीवन बीमा कम्पनीमध्ये अन्तिम पटक साधारण शेयर निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्समा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईशी एशिया क्यापिटलले जनाएको छ । यसअघि अर्को निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्समा ७ लाख ९६ हजार ७ सय ३४ जनाको आवेदन स्वीकृत भएको थियो । यो पनि ऐतिहासिक नै थियो । यी दुईभन्दा अघि आईपीओ आएका समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्समा पनि ५ लाखभन्दा बढी आवेदन परेको थियो, जबकी त्योभन्दा अघि सर्वसाधारणलाई छुट्याइएको आईपीओमा यति धेरै आवेदन परेकै थिएन ।
पछिल्लो समय किन बढे आवेदक ?
अहिले प्राथमिक शेयरका खरिदका लागि आवेदन गर्न डिम्याट खाता खोल्नेको संख्या २० लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबारसम्म २० लाख ७३ हजार १ सय ६८ जनाले त्यस्तो एकाउन्ट खोलेका हुन् । सानिमा जनरल इन्स्योरेन्समा आवेदन दिएका ८ लाख ८२ हजार ७ सय ३ जना आवेदकलाई आधार मान्दा डिम्याट खाता खोलेका ४२।५८ प्रतिशत सो आवेदनमा आवद्ध रहेको पाइएको छ । अहिले एउटा व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्नसक्ने प्रावधान रहेको र अपर तामाकोशी, साञ्जेन, रसुवागढी लगायत हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई वितरण गरेको शेयर प्राप्त गर्नका लागि गाउँगाउँमा डिम्याट खाता खोल्ने प्रचलन बढेकोले अझै पनि करिब ५७ प्रतिशत आवेदन यो पहुँचमा आउन नसकेका हुन् । तर, पछिल्लो समय आवेदकको संख्याका आधारमा भने प्राथमिक बजारमा सर्वसाधारणको संदग्नता ह्वात्तै बढेर गएको छ ।
शेयर बजारका विश्लेषक दिलिप मुनकर्मी नेपाल पुनर्बीमा कम्पनीको शेयर बजारमा आएपछि एकाएक आवेदकको संख्या बढेको बताउँछन् । पुनर्बीमा कम्पनीमा सबैले ४० देखि ५० कित्तासम्म शेयर पाएको र शेयर मूल्यसमेत ९ सय भन्दा माथिसम्म पुगेका कारण यसको हल्लाले नयाँ आवेदकलाई समेत बजारमा आउन प्रेरित गरेको उनको विश्लेषण छ । ‘आईपीओको संख्या एकैचोटी माथि पुगेको नेपाल रिइन्स्योरेन्स ९पुनर्बीमा कम्पनी० को शेयर आएपछि हो । यसबाट एकैजनाले ३५÷४० हजार रुपैयाँ कमाएपछि आईपीओ भर्दा फाइदा हुँदोरहेछ भन्ने हल्लाखल्ला भएकोले यसरी संख्या बढेको हो । मुख्य कारण चाहिँ यही नै हो,’ मुनकर्मीले भने ।
पुनर्बीमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएको असार १५ देखि हो । ३ सय ८२ रुपैयाँबाट कारोबार सुरु भएको सो कम्पनी निरन्तर बढ्दै भदौ १७ गते यो शेयरको मूल्य ९ सय १ रुपैयाँसम्ममा कारोबार भएको थियो । पुनर्बीमा कम्पनीभन्दा पछि आईपीओ आएको एनआईशी एशिया लघुवित्तमा पनि आवेदन गर्ने सबैले शेयर पाएका थिए । त्यसपछि मात्रै एउटा जीवनबीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, २ वटा लघुवित्त, एउटा हाइड्रोपावर र अन्य समूहको एनआरएन इन्फास्ट्रक्चरको शेयर समेत बजारमा आएको थियो । यसरी लकडाउनपछि आएका सबै शेयरमा राम्रो नाफा प्राप्त भएकोले पनि आवेदकको संख्यामा बढोत्तरी भएको मुनकर्मीको भनाई छ ।
बजार पहुँचमा लकडाउनको असर
शेयर बजारमा प्राप्त भएको नाफानै पहुँच वृद्धिको मुख्य कारण भएपनि त्यसमा अरु विभिन्न सहायक कारणहरु समेत रहेको मुनकर्मीको बुझाइ छ । लकडाउनको समयमा मानिसमा बढेको प्रविधिसँगको निकटता, बजारलाई बुझ्न जुटेको अवसर र बजारप्रति बढ्दै गएको विश्वास यस्ता कारणमध्ये एक रहेको उनको भनाइ छ ।
कोरोनाभाइरसका कारण देशब्यापी रुपमा गरिएको करिब ३ महिना लामो लकडाउन र त्यसपछि स्थानीय रुपमा गरिएको निषेधाज्ञाका कारण अधिकांश सर्वसाधारण घरभित्र थुनिए । यो अवधिमा पूर्णकालीन रुपमा काम गर्नेको संख्या ज्यादै कममात्रै भयो । धेरैजसोले पूर्ण रुपमै रोजगारी गुमाए, केहीले आंशिक रुपमा रोजगारी गुमाए । यसरी घरमै फुर्सदिलो भएर बस्दा प्रविधिप्रति नजिक हुने र शेयर बजारप्रति जानकारी हासिल गर्ने अवसर पाए ।
लकडाउनको समयमा सुरुमा बन्द रहेको शेयर बजार असार १५ देखि सञ्चालनमा आउन सुरु भयो । तर, बजारमा सूचीकृत सबै क्षेत्रमा संकटग्रस्त स्थिति हुँदा पनि बजार घटेन । यति ठूलो महामारीमा समेत शेयर बजार नघट्दा यसले समग्र बजारप्रतिको विश्वास समेत बढ्दै बढ्न थालेको छ । यसको सकारात्मक असर बजारमा परेको विज्ञहरुको बुझाइ छ ।
१० कित्ते प्रावधानले जुटाएको अवसर
नेपाल धितोपत्र बोर्डमा रेवतबहादुर कार्की अध्यक्ष हुँदा उनले धितोपत्र निष्कासन तथा बाँडफाँट नीति संशोधन गर्दै सबैलाई न्यूनतम १० कित्ताको दरमा आईपीओ दिने प्रावधान ल्याएका थिए । यो प्रावधााका कारण आईपीओ पाउने प्रक्रिया सहज भएसँगै त्यो बेलादेखि नै आईपीओमा आकर्षण देखिएको थियो । सोलगत्तै डीडीएस एण्ड क्लियरिङ लिमिटेडले केन्द्रिकृत आश्वा प्रणाली र मेरो शेयरको समेत विकास गर्यो । योसँगै साधारण शेयरको आवेदनका लागि बाहिर धाउनुपर्ने बाध्यतासमेत हटेको थियो । यो प्रावधान कार्यान्वयनमा आए पनि बजारमा आवेदकको सङ्ख्या अपेक्षित रुपमा बढ्न सकेको थिएन । तर, लकडाउनको १० कित्ते नीतिको प्रभाव तीव्र रुपमा बढ्दै गएको रुपमा बजार विज्ञहरु यसलाई अथ्र्याउँछन् ।