Aamsanchar

खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

Author Image
मङ्गलवार, असोज २७, २०७७

सुनसरी– धरान:१५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रोक्का उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको कार्यालयले छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर