Aamsanchar

कर्मचारीलाई कोरोना संक्रमण भएपछि संखुवासभाका दुई पालिका बन्द ,संक्रमितको अवस्था सामान्य

Author Image
बुधवार, असोज २८, २०७७

संखुवासभा –कर्मचारीलाई कोरोना संक्रमण भएपछि संखुवासभाका दुई पालिका बन्द गरिएको छ। धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिका बन्द गरिएको हो। चिचिला गाउँपालिका को एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबारबाट गाउँपालिका बन्द गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेपाले जानकारी दिए। गाउँपालिकाले सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका पाँच जना कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए।

संक्रमितको अवस्था सामान्य रहेको गाउँपालिकाले जानकारी दिएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका अन्यको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने अध्यक्ष शेर्पा बताएका छन्‌। मंगलबार कोरोना पोजेटिभ देखिएका सबैलाई खाँदबारी आइसोलेसनमा राखिने भएको छ। त्यस्तै, धर्मदेवी नगरपालिकाका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना संक्रमण भएपछि नगरपालिकाका सबै सेवा बन्द गरिएको छ। नगरपालिका र मुडे बजार लगायत कार्यालयहरु बन्द गरिएको धर्मदेवी नगरपालिकाकी उपप्रमुख शोभा घिमिरेले बताइन्।

कर्मचारी र जनप्रतिनिधिहरूमा कोरोना पोजेटिभ देखिएपछि बुधबारबाट कार्यालयसँगै बजार पसल समेत बन्द गरिएको उपप्रमुख घिमिरेले जानकारी दिएकी छन्। संक्रमितको कन्ट्याक ट्रेसिङको रिपोर्ट नआएसम्मका लागि गाउँपालिका कार्यालय, शिक्षण सिकाई सहजीकरण क्रियाकलाप र बजार पसल बन्द गरिएको नगरपालिकाले जनाएको छ। 

  त्यस्तै, जिल्ला अस्पतालका कर्मचारीमा समेत कोरोना देखिएपछि आइतबार बाट आकस्मिक र प्रसूती बाहेका सबै सेवा बन्द गरिएको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका निमित्त प्रमुख डा. सुन्दरश्याम झाले जानकारी दिए। कोरोना संक्रमण बढेसँगै खाँदबारी नगर क्षेत्रका विद्यालय कक्षाहरू समेत बन्द भएका छन्। बैसिकाई सहजीकरण निर्देशिका अनुसार केही विद्यालयहरूले टोलटोलमा गएर र अधिकांश विद्यालयमा नै विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न थालेका थिए।

हालसम्म सङ्खुवासभामा ९६ जना कोरोना संक्रमित फेला परेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर