Aamsanchar

करेन्ट लागेर मोरङमा २४ वर्षीय लिम्बूको मृत्यु

Author Image
बुधवार, असोज २८, २०७७

विराटनगर– मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीमा एक युवाको मृत्यु भएको छ । घर छेउमा विद्युत मोटर जडान गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार करेन्टले बेहोस भएका लिम्बूको उपचारका क्रममा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)