Aamsanchar

सामाजिक संजालको निगरानीमा प्रहरी, फेसबुकमा एक बन्दुक पोष्ट भएको देखेर छापा मार्दा ११ अबैध बन्दुक बरामत

Author Image
बिहिवार, असोज २९, २०७७

बागलुङ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको तस्वीर देखेपछि छापा मार्न गएको प्रहरीले बागलुङमा ११ थान भरुवा बन्दुकसहित ११ जनालाई पक्राउ गरेको छ। अभिभावककको मोबाइल फोन चलाइरहेका बालकले झुक्किएर फोटो पोष्ट गरेको बताइएको छ।

पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा तस्वीर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो। कसको फेसबुकमा फोटो पोष्ट भएको हो भन्ने खुलेको छैन।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिएकाहरुको बयानका आधारमा गाउँमा थप बन्दुक लुकाएको आशंकामा खानतलासी जारी राखेको जनाइएको छ। बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)