Aamsanchar

ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

Author Image
बिहिवार, असोज २९, २०७७

काठमाण्डौ – काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिनुभयो । ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)