Aamsanchar

किन कांग्रेस चुपचाप बस्यो

Author Image
आइतवार, असोज ९, २०७३

काठमाडौँः

KP-oli-240x152

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस परराष्ट्र नीतिको विषयमा चुपचाप बसेको भन्दै प्रश्न गरेका छन् । आइतबार राजधानीमा पत्रकार गोपाल खनालको ‘भूराजनीति’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले के सिकार गरेर बाघ झैँ खुट्टा पसारेर बसेको ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणतर्फ लक्षित गर्दै ओलीले राष्ट्रियता संकटमा परेको बताए । पछिल्ला दिनमा राष्ट्रिय स्वाभीमानमाथि संकट आइपर्दा कांग्रेस सिकार खाएर सुतेको बाघ जस्तो भएको ओलीको आरोप छ । ओलीले कांग्रेसले के सिकार पाएर सुत्यो भन्दै प्रश्न गरे । ‘कांग्रेसले के शिकार पायो, राष्ट्रको स्वाधीनता र स्वाभीमानमा यत्रो संकट आउदा केही बोल्दैन, खुट्टा पसारेर सुतेको छ,’ ओलीले भने ।

ओलीले कांग्रेसको मौनतातर्फ प्रश्न गर्ने क्रममा २०१६ सालमा नेपालको संसदमार्फत् बिपी कोइरालाले नेपालको स्वाधीनताको ख्याल गर्न भारतलाई सचेत गराएको सम्झदै अहिलेको कांग्रेसमा बिपी प्रवृत्ति नभएको टिप्पणी गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर