Aamsanchar

 कात्तिकमा माओवादी केन्द्रको राष्ट्रिय भेला

Author Image
सोमवार, असोज १०, २०७३

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सचिवालयको बैठकमा पार्टी सङ्गठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक सङ्गठनलाई व्यवस्थित गर्न कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।”

प्रवक्ता भुसालका अनुसार राष्ट्रिय भेलामा सङ्गठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित सङ्गठनात्मक संरचना तयार गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, सङ्गठन र जिम्मेवारीबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१