Aamsanchar

गुडिरहेको मोटरसाइकलबाट खस्दा झापा गौरीगञ्जकी ६५ वर्षीया एक वृद्धाको मृत्यु

Author Image
शुक्रवार, कार्तिक १४, २०७७

मोरङ। गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा झापा गौरीगञ्ज नगरपालिका–५ की ६५ वर्षीया एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा को ३७ प २२३२ नम्बरको मोटरसाइकलमा सवार पूर्णसरी ताजपुरियाको उपचारको क्रममा विराटनगरको गोल्डेन अस्पतालमा निधन भएको हो ।

मोटरसाइकल चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरिया र मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको छ । मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्रसमेत नरहेको पाइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर