Aamsanchar

काठमाडौंमा छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या, दुई जना पक्राउ

Author Image
शनिवार, कार्तिक १५, २०७७

काठमाडौं स्थित धापासीमा छुरा प्रहारबाट एक २५ वर्षीय युवकको हत्या भएको छ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका हुँन् ।

तनहुँ घर भइ काठमाडौंमा मजुदुरी गर्दै आएका आशिष मगरको शुक्रबार हत्या भएको हो। हत्या आरोपमा प्रहरीले दिवस अधिकारी र रवि मगरललाई पक्राउ गरेको छ।

टोखा नगरपालिका–५ धापासी बस्दै आएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरुको खोजी भइरहेको छ।

मगरको शव हाल त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ। हत्याको कारण खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए। श्रोत : नेपालखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर