Aamsanchar

गुर्जाे रोप्दै ट्राफिक प्रहरी

Author Image
शनिवार, कार्तिक १५, २०७७

कात्तिक १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ ओटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा शनिबार गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचओटा गुर्जोको बिरूवा रोपिएको हो ।

कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो । प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गर्नुभएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर