Aamsanchar

बिर्तामोडका व्यवसायी, समाजसेवी निर्मल भट्टराईलाई पितृशोक

Author Image
सोमवार, कार्तिक १७, २०७७

स्व. देवीप्रसाद भट्टराई

बिर्तामोड। बिर्तामोडका एक समाजसेवी व्यक्तित्व नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईलाई पितृशोक परेको छ ।

रोटरी क्लव अफ विर्तामोडका हाल अध्यक्ष समेत रहेका भट्टराईका बाबु देवीप्रसाद भट्टराईको आज निधन भएको हो ।

कोरोना भाइरसको संक्रमण भएपछि भट्टराईलाई दुई साताअघि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो । निरन्तर स्वास्थ्य उपचार भई रहेको अवस्थामा उहाँको निधन भएको हो ।

विर्तामाडममा एक कुलश व्यवसायी एवम् धार्मिक सामाजिक व्यवक्तित्वको रुपमा परिचित स्वर्गीय भट्टराई प्रति श्रद्धाञ्जलि र पितृ विगोगमा पर्नु भएका छोरा निर्मल र परिवारमा समाजिक संजालमा धेरैले समवेदना प्रकट गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)