Aamsanchar

५ मिनेटको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु, एउटै चितामा अन्तिम संस्कार

Author Image
सोमवार, कार्तिक १७, २०७७

जनकपुरधाम । धनुषामा एक बृद्व दम्पतिको एकै दिन मृत्यु भएको छ । जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् । मृतकका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृत्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृत्यु भएको हो ।

बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृत्यु भयो ।

एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् । एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)