Aamsanchar

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जनामा कोरोना, ३ हजार १ सय ५० जना निको ,ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुग्यो

Author Image
सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् । अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर