Aamsanchar

बालिका बलत्कारको अभियोगमा बेलबारीका एक युवा पक्राउ

Author Image
सोमवार, कार्तिक १७, २०७७

प्रतिकात्मक तस्वीर

मोरङ । बालिका करणीको अभियोगमा बेलबारीका एक युवक पक्राउ परेका छन् ।

मोरङको बेलबारी ३ की एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङ पक्राउ परेका हुन् ।
बेलबारी ३ बस्ने तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

तामाङले कार्तिक १३ गते राती बेलबारी १ स्थित अमना सामुदायिक वनमा १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरि फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका तामाङलाई बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीराज ढकाल सहितको टोलीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर