Aamsanchar

हुन्‍डीको १ करोड रकमसहित ३ जना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौं । अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख(डीआईजी) सहकुल थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर