Aamsanchar

भोजपुरमा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

भोजपुर : पौवादुङमा गाउँपालिकाले भोजपुरमा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। भोजपुरका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन्। ‘हाम्रो स्थानीय सरकारले कोरोनाको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीयबासी विष्णु भट्टराईले भने, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ।’

केन्द्र सरकारको निर्देशनअनुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ। केन्द्रबाट आएको १० लाख रुपैयाँमा गाउँपालिकाले समेत लगानी गरेर अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। अस्पताल निर्माणले कोभिडका बिरामीसँगै गर्भवती महिला, वालवालिका, बृद्धाबृद्धालाई समेत सहजता भएको गाउँपालिका उपध्यक्ष सम्झना राईले बताइन्। 

अस्पतालबाट भिडियो एक्सरे, रगत जाँच, ल्याब लगायत सेवा पाउने सुविधा पाउने जनाइएको छ। त्यस्तै, सबै बेडमा अक्सिजन रहेको अस्पतालका डा. कैलाश विश्कर्माले जानकारी दिए। अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयलाई सेवा प्रदान गर्ने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर