Aamsanchar

थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन् । उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषका आज विहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो ।

केही दिन अघि देखि ज्वरो खोकि बाट बिरामी भएकि उनलाइ कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै पर्साको धोविनी गाउपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर