Aamsanchar

भीरबाट खसेर एक महिलाको मृत्यु

Author Image
बिहिवार, कार्तिक २०, २०७७

नवलपुर । जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो । अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उनको शव फेला पारेको मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर