Aamsanchar

ओली र दाहाल बीच भएको छलफल निष्कर्षविहीन, दाहाल भन्छन् “वार्ताका लागि बालुवाटार छिर्दिन”

Author Image
बिहिवार, कार्तिक २०, २०७७

काठमाण्डौ – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ । नेकपाभित्रको विवाद समाधानबारे बालुवाटारमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उहाँहरुबीच दिउँसो १२ बजेदेखि छलफल भएको थियो ।

राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण नेकपाका दुई अध्यक्षबीच विवाद बढ्दै गइरहेको छ । सरकारले महत्त्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय पालना नगरेको प्रधानमन्त्री ओलीमाथि आरोप लाग्दै आएको छ । पार्टी काममा केन्द्रित हुनुपर्ने अध्यक्ष प्रचण्डले सरकारले गर्ने स–साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षका नेताहरुको आरोप छ ।

यसैबिच

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् । ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका थिए ।

दाहालसँगको कुराकानीपछि एक नेताले कुरा गर्दै भने, “उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।” पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए ।

उनकाअनुसार भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए । आजको बैठकमा दाहालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए । “बैठक राखौं । लागेका कुरा बैठकमै भन्नुहोला भनेर उहाँले आग्रह गर्नुभएको छ तर उहाँले कुनै जवाफ दिनुभएको छैन,” स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)

सम्बन्धित खबर